दुई सदस्य टुंगो लगाउन नेकपालाई सकस, उपाध्यक्ष र दुई सदस्य मात्रै नियुक्त गर्दै सरकार
nepalpress.com · Fri Aug 28 02:59:23 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा तत्काल तीन जना पदाधिकारी नियुक्त गर्ने तयारी गरेको छ। उपाध्यक्षसहित पाँच सदस्यीय आयोगमा अहिले उपाध्यक्ष र दुई सदस्य नियुक्त गर्ने सरकारको तयारी छ।
शुक्रवार बिहान ८ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा कञ्चनपुरका गोकर्ण भट्ट तथा सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका हिरा चन्दलाई नियुक्त गर्ने तयारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)