भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
ratopati.com · Sat Jun 13 06:27:10 GMT 2026

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुरको एक बाल गृहबाट आठ जना बालबालिकाको उद्धार गरेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८, सिपाडोलमा सञ्चालित ‘मुस्कान सेवा नेपाल’ नामक बाल गृहबाट २ बालक र ६ बालिका गरी जम्मा ८ जना बालबालिकालाई उद्धार गरिएको हो ।
परिषद्का अनुसार उक्त बाल गृहले 'बाल गृह सञ्चालन सम्बन्धी मापदण्ड'को पूर्ण पालना नगरेको र त्यहाँ आश्रित बालबालिकाहरू जोखिममा पर्न सक्ने सम्भावना देखिएकाले जेठ २८ गते उनीहरूको उद्धार गरिएको हो । सूर्यविनायक नगरपालिका र बालबालिका खोजतलास समन्वय केन्द्रको प्रत्यक्ष समन्वय र सहयोगमा बालबालिकाहरूलाई उद्धार गरी सुरक्षित स्थानमा पुनःस्थापना गरिएको परिषद्ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)