बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
himalpress.com · Sat Jun 13 06:28:29 GMT 2026

काठमाडौँ- सरकारले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारका १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत प्रमुख खाद्यान्न बालीको एमएसपी निर्धारणसम्बन्धी कार्य सम्पन्न भएको हो।
यसका लागि ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरिएको छ। उक्त निर्देशिका गत वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)