बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन
ratopati.com · Sat Sep 05 05:54:08 GMT 2026

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबो न्युक्लिक एसिड (डिएनए) परीक्षणको नमूना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ ।
यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)