पहिरोले कर्णाली करिडोर अवरुद्ध
baahrakhari.com · Sat Sep 05 05:59:00 GMT 2026

बाजुरा । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)