अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या तीन हजार पार
nepallive.com · Sat Sep 05 06:03:24 GMT 2026

एजेन्सी– अमेरिकामा यस वर्ष दादुरा रोगका पुष्टि भएका संक्रमितको संख्या तीन हजार नाघेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहीबारसम्म देशभर तीन हजार १ सय ३४ जनामा दादुरा पुष्टि भएको हो ।
यो संख्या सन् २०२५ भरि रिपोर्ट भएका २ हजार २ सय ८९ संक्रमितभन्दा निकै बढी हो । केन्द्रका अनुसार सन् १९९१ पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण संख्या हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)