हिमालयको चेतावनी : नेपाललाई अनदेखा गर्दाको परिणाम
nepalviews.com · Sat Sep 05 06:01:42 GMT 2026

हामी विनाशकारी बाढीका मृतकहरूको शव गाडिरहेका वा दाहसंस्कार गरिरहेका छौँ । हामी अझै पनि बेपत्ता भएका आफन्तहरूको खोजी गरिरहेका छौँ । हामी घरहरु बगेर उजाड भएका ठाउँमा रिक्तता र शून्यतालाई हेर्दै सास फेर्न संघर्ष गरिरहेका छौँ ।
हामीलाई प्रस्टसँग थाहा छ - उत्तरी नेपालको एउटा हिमाली चुचुरोबाट कुनै भयावह चलचित्रको दृश्यझैँ गर्जंदै बज्रिन पुगेको र रसुवा–नुवाकोट जिल्लाका निकै नै महत्वपूर्ण ठाउँहरु ध्वस्त पारेको त्यो भीषण बाढी कुनै आकस्मिक वा असामान्य दुर्घटना थिएन । यो हिमालयबाट आएको एउटा गम्भीर चेतावनी थियो । हाम्रा विशाल हिमाल र तिनका हिमनदीहरू जलवायु परिवर्तनका कारण तातिरहेका छन् । औद्योगिक क्रान्तिदेखि नै जीवाश्म इन्धन बालिरहेका औद्योगिक राष्ट्रहरूले उत्सर्जन गरेको हरितगृह ग्यास यो घटनाको प्रमुख कारण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)