अँध्यारो कोठाबाट उज्यालो भविष्यसम्म
annapurnapost.com · Sat Sep 05 05:58:53 GMT 2026

आँखाअगाडि पुराना दृश्य आउँछन्, ढुंगाको कच्ची गारो, सानो झ्याल, अँध्यारो कोठा, भित्ताामा पोतिएको कालोपाटी, चक र अगाडि उत्सुक आँखाले हेरिरहेका बालबालिका।
जीवनमा केही यस्ता दिन छन्, जसलाई सम्झँदा समय केही क्षणका लागि रोकिएजस्तो लाग्छ। आँखाअगाडि पुराना दृश्यहरू आउँछन्— ढुंगाको कच्ची गारो, सानो झ्याल, अँध्यारो कोठा, भित्तामा पोतिएको कालोपाटी, हातमा एउटा चक र अगाडि उत्सुक आँखाले हेरिरहेका केही बालबालिका। त्यो कुनै सुविधासम्पन्न विद्यालय थिएन, विद्यालयजस्तो देखिने संरचनासमेत थिएन। तर, त्यही अँध्यारो कोठाभित्र केही उज्याला सपना थिए। ती सपनासँगै मेरो जीवनको एउटा नयाँ अध्याय पनि सुरु भएको थियो। यो सानो किम्ताङबाट सुरु भएको मेरो शिक्षण यात्रा र श्री चन्द्रदेवी निम्न माध्यमिक विद्यालय निर्माणको कथा हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)