विराटनगरमा आज ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्रा, संकलित भेटी बाढीपीडितलाई दिइने
lokaantar.com

विराटनगरको ऐतिहासिक पहिचानका रूपमा रहेको ५९औँ राधाकृष्ण रथयात्रा आज (शनिबार) भव्य रूपमा निकालिँदैछ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने यो परम्परागत रथयात्रामा यस वर्ष नेपाल र छिमेकी मुलुक भारतबाट गरी पाँच लाखभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ।
यसपटकको रथयात्रालाई केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नगरी मानवीय सेवासँग पनि जोडिएको छ। रथयात्राका क्रममा संकलन हुने सम्पूर्ण भेटी तथा नगर परिक्रमा गराइने तीनवटा विशेष दानपेटिकाबाट उठेको रकम भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)