राष्ट्रपति पौडेलद्वारा लौकही सिटी हलको उद्घाटन
gorkhapatraonline.com · Wed May 20 11:52:03 GMT 2026

सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । बुधबार आयोजित विशेष समारोहका बीच सिटी हलको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ ।
स्थानीय तहको महत्त्व बढेका बेला लौकही सिटी हलको भव्य उद्घाटन समारोह पनि यसकै एउटा उत्कृष्ट उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा यस प्रकारको आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु निकै सराहनीय कदम भएको भन्दै राष्ट्रपति पौडेलले यो परियोजनाले विकासका कार्यमा तीनै तहका सरकारबीच हुन सक्ने आपसी सहकार्यको एउटा नमुना प्रस्तुत गरेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)