सबै मिल्दा मात्र मानव बेचबिखन मुक्त समाज बन्छ : प्रधानमन्त्री बालेन
himalpress.com · Sat Sep 05 06:38:25 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यो संगठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)