अमेरिकामा इजरायली नागरिक बहिष्कार गर्ने विश्वविद्यालयविरुद्ध विधेयक पारित
baahrakhari.com · Sat Sep 05 06:37:45 GMT 2026

काठमाडौं । अमेरिकाको तल्ले सदनले इजरायली नागरिक बहिष्कार गर्ने विश्वविद्यालयलाई दिइने संघीय वित्तीय सहायता रोक्ने उद्देश्यको विधेयक पारित गरेको छ । ‘प्रोटेक्ट इकोनोमिक एन्ड एकेडेमिक फ्रिडम एक्ट’ विधेयकको पक्षमा २३७ र विपक्षमा १६९ मत परेको थियो । कानुन बन्न अब विधेयक सिनेटबाट पनि पारित हुनुपर्नेछ ।
मतदान मुख्यतः दलीय आधारमा विभाजित भएको थियो । ३३ डेमोक्रयाट सांसदले मात्र विधेयकको पक्षमा र बाँकी सबैले विपक्षमा मतदान गरेको थिए । दुई रिपब्लिकन सांसदले मात्र विपक्षमा र बाँकी सबैले पक्षमा मतदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)