सधैँ ‘टर्बुलेन्स’ मा नेपाली कुर्सी
ratopati.com · Sat Sep 05 06:42:27 GMT 2026

नेपालको राजनीतिलाई एउटा लामो हवाई यात्रासँग तुलना गर्ने हो भने दृश्य रोचक तर अवस्था चिन्ताजनक देखिन्छ– पाइलट फेरिन्छन्, सह–पाइलट फेरिन्छन्, उडानको नक्सा फेरिन्छ, कहिलेकाहीँ जहाजको संरचना नै बदलिन्छ; तर ‘टर्बुलेन्स’ भने बारम्बार फर्किन्छ।
यो अस्थिरताको कथा ०४६ सालबाट मात्र सुरु हुँदैन। यसको आधुनिक जरा ००७ सालको राजनीतिक परिवर्तनसम्म पुग्छ। राणा शासन अन्त्य भएदेखि आज बालेन्द्र शाह नेतृत्वको सरकारसम्म आइपुग्दा नेपालले प्रजातन्त्र, राजाको प्रत्यक्ष शासन, पञ्चायत, बहुदलीय व्यवस्था, सशस्त्र द्वन्द्व, संवैधानिक राजतन्त्र, गणतन्त्र, सङ्घीयता, गठबन्धन सरकार र नयाँ पुस्ताको राजनीतिक विद्रोहलगायत लगभग सबै प्रकारका राजनीतिक प्रयोग गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)