राष्ट्रियतामाथिको सङ्कट र मोर्चाबद्ध प्रतिरोधको आवश्यकता
ratopati.com · Sat Sep 05 06:45:00 GMT 2026

१) भूमिका
नेपाल आज भीषण बाढीको प्रकोपमा छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले हजारौँ मानिसको ज्यान लिएको छ भने कयौँ हजार मानिस बेपत्ता भएका छन्। पुँजीवादी–साम्राज्यवादी देशहरूले आणविक हातहतियारको होडबाजी र औद्योगिक विकासका नाममा प्रकृतिको दोहन गरेका कारण विश्वको तापमान अत्यधिक वृद्धि हुँदै गएको छ। नेपालका संवेदनशील हिमालय क्षेत्रबाट हिउँ पग्लिएर एकातिर कृत्रिम तालहरू निर्माण भएर विस्फोट हुँदै गएका छन्, अर्कातिर स्फटिकजस्ता कञ्चन हिमशृङ्खला काला चट्टानमा फेरिने खतरा वृद्धि भइरहेको छ। प्रकृति र यससँगै मानवजातिको विनाश गर्ने साम्राज्यवादी देशहरूले यो क्षतिको पूर्ति गर्नुपर्छ र नेपालमा पछिल्लो समयमा भदौ १० गते आएको बाढीको विनाशको जिम्मा लिनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)