भोटेकोशी बाढी : प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
annapurnapost.com · Thu Aug 27 05:30:28 GMT 2026

काठमाडौं : रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज,उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली बिहीबार बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार,हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको छ।
सेनाले रसुवाको स्याफ्रूबेँसी,टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी १२० जनाको हवाई उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन भएको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)