विद्यार्थी, युवा र वैदेशिक रोजगारीबाट फर्किएकालाई वृत्ति मार्गनिर्देशन सेवा
nagariknews.nagariknetwork.com · Sat Sep 05 06:37:36 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ। शिक्षा ऐन, २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव चूडामणि पौडेलद्वारा प्रमाणित निर्देशिकाले विद्यालयमा कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित वर्गका रूपमा परिभाषित गरेको छ। उनहरूको रुचि, खुबी, क्षमता तथा सबल पक्ष पहिचान गरी उपयुक्त वृत्ति विकल्प छनोटमा सहयोग गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)