युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
gorkhapatraonline.com · Sat Sep 05 06:56:23 GMT 2026

युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ । युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको छ ।
इन्टरफ्याक्स-युक्रेन समाचार संस्थाका अनुसार मार्चेन्कोले सन् २०२२ पछि अहिलेसम्म यस्तो अवस्था नदेखिएको बताउनुभयो । उहाँका अनुसार युक्रेन अहिले आवश्यक वित्तीय स्रोतको अभाव हुने जोखिमसँग निकै नजिक पुगेको छ । मार्चेन्कोका अनुसार सन् २०२७ मा युक्रेनलाई कुल ५० अर्ब अमेरिकी डलर बराबरको बाह्य वित्तीय सहयोग आवश्यक पर्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)