स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु
khabarhub.com · Sat Sep 05 06:55:26 GMT 2026

नारायणगढ – चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लुप्र०१-००१ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना३७प ७०९६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)