सरकारी मापदण्डअनुसार तलब-सुविधा दिन फिदिमका स्कुललाई पालिकाको निर्देशन
ekantipur.com · Tue Aug 01 16:44:43 GMT 2023
पाँचथर — फिदिम नगरपालिकाले निजी विद्यालयका शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन निर्देशन दिएको छ । पालिकाभरका १३ वटा विद्यालयलाई पालिकाले एक पत्र पठाउँदै निर्देशन दिएको हो ।
निजी विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्यून तलब र सुविधामा काम गरिरहेको गुनासो गरेपछि पालिकाले यस्तो निर्देशन दिएको हो । निर्देशनात्मक पत्रमा निजी विद्यालयका शिक्षक र कर्मचारीलाई सामुदायिक सरह तलब सुविधा,उपलब्ध गराउन, ज्येष्ठताका आधारमा ग्रेड वृद्धि गर्न, सञ्चायकोष व्यवस्था गर्न, बिरामी तथा अध्ययन बिदाको सुविधा कार्यन्वयन गर्न र बैंक मार्फत तलब भुक्तानी गर्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)