काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
baahrakhari.com · Sat Jun 13 08:46:42 GMT 2026

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा शनिबार (जेठ ३०) ६ सदस्यीय छानबिन समिति गठिन गरिएको हो ।
शुक्रबार (जेठ २९) दिउँसो बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार आठ यात्रुको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)