दुई मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते
gorkhapatraonline.com · Fri Aug 28 03:10:25 GMT 2026

राप्ती राजमार्गअन्तर्गत सल्यानको चाख्लीघाटमा बिहीबार दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सल्यानको सिद्धकुमाख गाउँपालिका–१, चाख्लीघाटस्थित राप्ती राजमार्गमा रा ४ प ९४७१ र रा ३ प ४७९५ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका हुन्। दुर्घटनामा दुवै मोटरसाइकल सडकबाट करिब २० मिटर तल चाख्लीघाट खोलामा खसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)