भोटेकोशी बाढीको १० औँ दिनः तनहुँमा मात्रै हालसम्म ३८ जनाको शव फेला
gorkhapatraonline.com · Sat Sep 05 08:16:46 GMT 2026

भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा उद्धार कार्य १० औँ दिन पनि निरन्तर जारी राखिएको छ । बाढी प्रभावित क्षेत्र तथा तल्लो तटीय इलाकामा जारी खोज अभियानका क्रममा हालसम्म तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछिको खोजीलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी एकाइबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)