कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण
arthadabali.com · Wed May 20 13:41:36 GMT 2026

काठमाडौँ / कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहीद गंगालाल नेशनल हार्ट सेन्टरमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवालाई लक्षित गर्दै निःशुल्क पौष्टिक भोजन वितरण कार्यक्रम सञ्चालन गरेको छ।
बैंकका अनुसार देशका विभिन्न स्थानबाट उपचारका लागि आएका आर्थिक तथा सामाजिक रूपमा कमजोर बिरामी र उनीहरूका कुरुवालाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। अस्पतालमा उपचारका क्रममा पौष्टिक भोजनको आवश्यकता हुने अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)