नगर प्रहरीले काफल पोखेको घटना : पीडित महिलालाई मेयरले दिइन् १० हजार क्षतिपूर्ति
onlinekhabar.com · Wed May 20 13:46:53 GMT 2026

६ जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नगर प्रहरीले एक काफल बेच्ने महिलामाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
मंगलवार बेलुकाबाट सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिककै खिचिएको हो ।