मोरोक्को क्वाटरफाइनलमा प्रवेश,सहआयोजक क्यानडाको विश्वकप यात्रा टुंगियो
baahrakhari.com · Sat Jul 04 19:04:00 GMT 2026
काठमाडौं । सहआयोजक राष्ट्र क्यानडाको विश्वकप यात्रा टुंगिएको छ । मोरोक्कोसँग ३-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अकरफ हकिमिले दिएको पासलाई अजेडिनले गोलमा परिणत गरेका थिए । उनले खेलको ८२ औँ मिनेटमा अर्को गोल गरे । खेलको अतिरिक्त समयमा सुफियान रहिमिले गोल गर्दै नतिजा ३-० मा पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)