कम्पनी तथा व्यक्तिका नाममा धरौटी खातामा रहेको रकम फिर्ता लिन सम्बन्धित पक्षलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह
barnanmedia.com · Fri Jun 26 13:38:06 GMT 2026

नेपाल प्रहरीले विभिन्न फर्म, कम्पनी तथा व्यक्तिका नाममा धरौटी खातामा रहेको रकम फिर्ता लिन सम्बन्धित पक्षलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सूचना जारी गर्दै आर्थिक वर्ष २०६४/०६५ देखि २०७८/०७९ सम्म भएका विभिन्न भुक्तानीबाट ५ प्रतिशतका दरले कट्टा गरी धरौटी खातामा जम्मा गरिएको रकम हालसम्म सम्बन्धित पक्षले फिर्ता नलिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)