भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन
ratopati.com · Sat Sep 05 08:47:28 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ । फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका एक हजार १२ वटा डिएनए नमूना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार डिएनएलगायत आवश्यक विवरण सङ्कलनपश्चात् ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)