८ जेठमा हुँदै छ एमालेको निर्णायक छलफल
shilapatra.com · Wed May 20 14:08:46 GMT 2026

गत सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकमा ११ वटा प्रस्ताव प्रस्तुत भए पनि एउटा मात्रै निर्णय भयो । त्यो पनि अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी विषय उठाएपछि भएको निर्णय थियो । उक्त विषय महासचिवको एजेन्डामा भने थिएन ।
एमाले सचिव डा. राजन भट्टराईका अनुसार अध्यक्ष ओलीले बैठकमा भण्डारीले यसअघि दिएको निवेदन प्रस्तुत गर्दै प्रक्रिया अघि बढाउने बताएका थिए । बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको भए पनि त्यो निर्णय अझै अपूरो देखिन्छ । उनलाई नयाँ सदस्यता दिने कि पुरानै सदस्यता नवीकरण गर्ने भन्ने विषय स्पष्ट भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)