प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने
nagariknews.nagariknetwork.com · Sat Sep 05 08:54:33 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपाल सरकारको प्रस्तावपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै सेप्टेम्बर २४ अर्थात् असोज ८ गते प्रधानमन्त्री शाहले सम्बोधन गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो।
संयुक्त राष्ट्रसंघ मुख्यालयले उपलब्ध गराएको सम्बोधनको समय शुक्रबार न्युयोर्कस्थित नेपाली स्थायी नियोगमार्फत परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)