‘काजी’को अग्रिम टिकट बुकिङ
kendrabindu.com · Wed May 20 14:28:49 GMT 2026

काठमाडाैं । यही जेठ ८ देखि प्रदर्शन हुने फिल्म ‘काजी’ को टिकट बुकिङ बुधबारदेखि खुलेको छ । देशका विभिन्न हलहरूले बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाएका हुन् ।
जसअनुसार क्युसएफएक्स सिनेमाजअन्तर्गका राइजिङ मल, पोखरा, विरगञ्ज, इटहरी, दमौली, विर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल र काठमाडौँमा विभिन्न हलमा टिकट खुलाइएको छ। सुरुवातमा क्युसएफएक्स सिनेमाजले उपत्यकामा १३ र उपत्यका बाहिर १७ सो गरी देशभर ३० सो दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)