रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा भोटेकोशी हेली रिसोर्टका सञ्चालक फेरि पक्राउ
onlinekhabar.com · Wed May 20 14:27:06 GMT 2026

७ जेठ , पोखरा । २०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान फेरि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोगमा यही जेठ ३ गते पक्राउ गरी प्रधानलाई पोखरा ल्याएको हो ।
प्रधानलाई मंगलबार थप ३ दिनको म्याद गरी कास्की हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । भोटेकोशी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडका पूर्वअध्यक्ष पोखराका चीनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधानलाई पक्राउ गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)