समस्याग्रस्त सहकारीका ३ सय ४ जना पीडितले फिर्ता पाए बचत
shilapatra.com · Wed May 20 14:42:58 GMT 2026

सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।
समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)