१० मध्ये ७ अमेरिकी चाहन्नन् आफ्नो क्षेत्रमा एआई डाटा सेन्टर स्थापना
nepalviews.com · Sat Jun 13 10:16:27 GMT 2026

वासिङ्टन डी.सी. । अमेरिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारका लागि आवश्यक डाटा सेन्टर निर्माणप्रति आम नागरिकको विरोध बढ्दो देखिएको छ । ग्यालप ले मार्च २ देखि १८ सम्म सञ्चालन गरेको सर्वेक्षणअनुसार ७१ प्रतिशत अमेरिकीले आफ्नो स्थानीय क्षेत्रमा एआई डाटा सेन्टर निर्माणको विरोध गरेका छन् । तीमध्ये ४८ प्रतिशतले कडा विरोध जनाएका छन् । यता, केवल २६ प्रतिशतले यस्ता परियोजनाको समर्थन गरेका छन्, जसमा ७ प्रतिशत मात्र दृढ समर्थक छन् ।
ग्यालपले पहिलोपटक डाटा सेन्टर निर्माणबारे जनमत संकलन गरेको हो । व्यवसाय, विश्वविद्यालय तथा अन्य संस्थाहरूले प्रयोग गर्ने एआई प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटिङ उपकरण राखिने यी केन्द्रहरूलाई ठूलो भू–भाग, अत्यधिक विद्युत् र उपकरण चिस्याउन ठूलो मात्रामा पानी आवश्यक पर्छ । यही कारणले वातावरणीय असर र स्थानीय विद्युत् शुल्क बढ्ने चिन्ता व्यापक बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)