डोङफेङले प्रिमियम ईभी ब्रान्ड ‘भोया’माथि नियन्त्रण थप बलियो बनायो
baahrakhari.com · Wed May 20 14:56:02 GMT 2026

काठमाडौं । डोङफेङले आफ्नो प्रिमियम विद्युतीय सवारी ब्रान्ड ‘भोया’माथिको नियन्त्रण थप बलियो बनाएको छ । कम्पनीको सहायक संस्था डोङफेङ मोटर (हङकङ) इन्टरनेसनलले सेकेन्डरी बजारमार्फत थप सेयर खरिद गरेपछि भोयामा डोङफेङ समूहको हिस्सेदारी करिब ७० प्रतिशतभन्दा माथि पुगेको हो । यो कदमलाई डोङफेङले प्रिमियम ईभी बजारमा आफ्नो दीर्घकालीन रणनीति अझ मजबुत बनाउने योजनाका रूपमा हेरिएको छ ।
कम्पनीका अनुसार, डोङफेङ मोटर (हङकङ) इन्टरनेसनलले भोयाका दुई करोडभन्दा बढी एच–सेयर खरिद गरेको छ, जुन कम्पनीको कुल जारी सेयर पुँजीको करिब ०.५५ प्रतिशत बराबर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)