प्राविधिक शिक्षातर्फ आकर्षण बढाउन ‘सीप च्याम्पियनसिप’
ratopati.com · Wed May 20 15:05:27 GMT 2026

लुम्बिनी । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक रुपन्देहीमा ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना गरिँदै छ।
लुम्बिनी सीप च्याम्पियनसिप कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन, रोजगारी अवसर प्रवद्र्धन तथा स्वदेशमै सम्मानित रोजगारीको सिर्जना गर्ने लक्ष्य राखिएको छ। रुपन्देही उद्योग सङ्घको आयोजनामा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको समन्वयमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यही जेठ ८ गते कार्यक्रम आयोजना गरिएको सङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)