युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
nagariknews.nagariknetwork.com · Sat Sep 05 09:32:25 GMT 2026

युक्रेनले सन् २०२७ मा ३२ अर्ब ६ करोड अमेरिकी डलर बराबरको बाह्य वित्तीय अभाव सामना गर्नुपर्ने भएको छ। युक्रेनका अर्थमन्त्री सेर्गी मार्चेन्कोले देशको आर्थिक अवस्था सन् २०२२ को जस्तै तरलता अभावको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।
इन्टरफ्याक्स युक्रेन समाचार संस्थाका अनुसार मार्चेन्कोले सन् २०२२ पछि अहिलेसम्म यस्तो अवस्था नदेखिएको बताएका छन्। उनका अनुसार युक्रेन अहिले आवश्यक वित्तीय स्रोतको अभाव हुने जोखिमसँग निकै नजिक पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)