तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज निर्माण गर्दै नेपाली सेना
annapurnapost.com · Sat Sep 05 09:47:00 GMT 2026

काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण क्षति पुगेको नुवाकोटस्थित तादी नदीमा नेपाली सेनाले द्रुत गतिमा 'एक्रो ब्रिज' जडान कार्य अघि बढाएको छ।
नुवाकोट जिल्ला, विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा यातायात सेवा पुनः सञ्चालन गर्न नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना दक्ष जनशक्ति खटिएका छन्। बाढी प्रभावित क्षेत्रमा आवतजावत तथा राहत र उद्धार कार्यलाई सहज बनाउन सेनाले ६० मिटर लम्बाइ, ५.५ मिटर चौडाइ र ५० टन भार वहन क्षमता भएको एक्रो ब्रिजका सामग्रीहरू निर्माणस्थल पुर्याएर काम तीव्र पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)