बीस वटा नयाँ पक्की विद्यालय भवन निर्माण
gorkhapatraonline.com · Sat Sep 05 09:52:54 GMT 2026

जिल्लाभर बीस वटा नयाँ विद्यालय भवन निर्माण भएर विद्यालयलाई हस्तान्तरण गरिएका छन् । विद्यालयको आवश्यकताका आधारमा ती भवनहरु कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सामाजिक विकास कार्यालयले निर्माण गररे हस्तान्तरण गरेको हो ।
एक आर्थिक वर्षमा जिल्लाका छ वटा गाउँपालिकामा बीस वटा नयाँ विद्यालय भवनहरु निर्माण कार्य सम्पन्न गरि सम्वन्धित विद्यालयलाई हस्तान्तरण गरिएको सामाजिक विकास कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले बताउनुभयो । यी भवनहरु दुई, तीन, चार र छ कोठे निर्माण गरिएका छन् । विद्यालयको मागमा आधारित रहेर योजना तर्जुमा गरि सबै भवनहरु निर्माण गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)