गाडी दुर्घटनामा आठ जना घाइते
lokaantar.com

हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुदाँ गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)