अंग्रेजलाई युद्धमा जितेको सम्झनामा पाल्पामा विजय उत्सव स्वरुप भगवती रथजात्रा
annapurnapost.com · Sat Sep 05 09:50:39 GMT 2026

तानसेन : नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा पाल्पामा शनिवार २०७ औं विजय उत्सव स्वरुप भगवती रथयात्रा निकालिएको छ। पाल्पाका तैनाथवाला तत्कालिन कर्णेल उजिरसिंह थापाले वि. सं १८७१ देखी १८७२ सम्म अंग्रेजसंगको युद्धमा बुटवलको जितगढी क्षेत्रमा विजय हासिल गरेको सम्झनामा वि.स. १८७७ देखी कृष्ण जन्माष्टमीको भाद्र कृष्ण नवमीको दिन पाल्पामा निरन्तर रुपमा विजय उत्सव मनाउने परम्परा छ।
कर्णेल थापालेअंग्रेजसंग बुटवल क्षेत्रको युद्धमा जानु अघि देवि भगवतीको पाउँ छोएर ‘युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने र भगवतिको महिमा चारैतर्फ फैलाउने छु’ भनी भाकल गरेका थिए। २ पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा अंग्रेज सेनामाथी विजयी भएपछि कर्णेल उजिरसिंह थापाले वि.स. १८७२ देखी ७६ सम्म ठुलो गजुरसहितको ३ तले मन्दिर निर्माण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)