काभ्रे दुर्घटनामा ज्यान गुमाएका आठ जनाकै पहिचान खुल्यो
nagariknews.nagariknetwork.com · Sat Jun 13 10:42:55 GMT 2026

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको हो । दुर्घटनामा काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका एक अमलदार तथा सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी एक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)