न्यून स्तर पाइएपछि डाबरको मह तत्काल बजारबाट फिर्ता गर्न आदेश
nepalnews.com · Wed May 20 15:43:02 GMT 2026

काठमाडौँ । डाबर ब्रान्डको मह तत्काल बजारबाट फिर्ता गर्न आदेश जारी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा उक्त उत्पादन न्यून स्तरको पाइएपछि फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले २०८३ जेठ ५ गते जारी गरेको ‘खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेश’ मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३६(२) बमोजिम सम्बन्धित ब्याचको मह बजारबाट तत्काल फिर्ता गर्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)