कुशको शव बनाएर किरिया बस्दै थियो परिवार, ११ औँ दिनमा बाढीबाट जीवितै फर्किइन् चण्डिका
ratopati.com · Sat Sep 05 10:33:42 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेका थिए। बाढी आएको आठ दिनसम्म अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको काजकिरिया नै सुरु गरिसकेको थियो। तर, मृत्यु संस्कार चलिरहँदा बाढी आएको ११ औँ दिनमा ६४ वर्षीया चण्डिकालाई उद्धारकर्ताले जीवितै फेला पारेका छन्।
नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो। बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उनलाई अर्धअचेत अवस्थामा निकालिएको थियो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर उनलाई अहिले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)