फेवातालमा डुबेका युवा ३० फिट गहिराइबाट उद्धार
gorkhapatraonline.com · Sat Sep 05 10:38:00 GMT 2026

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ । उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
शनिबार साढे २ बजे तालमा डुब्नुभएका तामाङलाई पौने ३ बजे उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)