बेत्रावतीमा जीवितै उद्धार गरिएकी महिलाको छाउनीमा उपचार, अवस्था मध्यम
lokaantar.com

त्रिशूली नदीको विनाशकारी बाढीमा पुरिएको घरबाट ११ औं दिनमा जीवितै उद्धार गरिएकी ६४ वर्षीया चण्डिका श्रेष्ठको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
विदुर नगरपालिका–१० बेत्रावती निवासी आनन्दलाल श्रेष्ठकी श्रीमती चण्डिकालाई शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरको भग्नावशेषबाट जीवितै उद्धार गरेको गरेका थिए । उद्धारलगत्तै उनलाई उपचारका लागि काठमाडौं पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)