अहिले राहत तथा उद्धारमा चुस्त बनाऊ, भविष्यमा जोखिम घटाउने योजना बनाऊ
nepalviews.com · Fri Aug 28 03:15:15 GMT 2026

नेपालमा विपद् नयाँ विषय होइन । भूकम्प, बाढी, पहिरो, हिमपहिरो, डुबान र हिमताल विस्फोटजस्ता प्राकृतिक प्रकोप हरेक वर्ष कुनै न कुनै भूभागमा दोहोरिन्छन् । तर विपद् दोहोरिनु स्वाभाविक प्रक्रिया भए पनि त्यसबाट हुने जनधनको क्षति सधैँ अपरिहार्य हुँदैन । पछिल्लो समय रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको भीषण बाढीले यही प्रश्न फेरि गम्भिर रूपमा उठाएको छ—प्राकृतिक विपद्का जोखिमबारे हामी कति जानकार छौँ र त्यसबाट नागरिकलाई जोगाउन राज्य कति तयार छ ?
बुधवार बिहान रसुवाको उत्तरी हिमाली क्षेत्रमा उत्पन्न भएको ठूलो बाढी नेपाली भूभागमा प्रवेश गर्दा रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मको तल्लो तटीय क्षेत्र प्रभावित भयो । बाढीको स्रोत नेपालभन्दा बाहिर तिब्बती भूभागमा रहेको हुनसक्ने प्रारम्भिक आकलनले घटनाको अर्को गम्भिर पक्ष पनि उजागर गरेको छ । नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा उत्पन्न हुने प्राकृतिक जोखिमको प्रत्यक्ष असर भने नेपाली भूभागका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारले व्यहोर्नुपर्ने अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)