ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
gorkhapatraonline.com · Sat Sep 05 10:42:24 GMT 2026

मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ कङ्ग्रेसनल निर्वाचन क्षेत्रको नक्सा प्रयोग गर्न अनुमति माग्दै शुक्रबार अमेरिकी सर्वोच्च अदालतमा निवेदन दिएको छ । मिसौरीको उच्च अदालतले नयाँ नक्साको कार्यान्वयन रोक्दै त्यसलाई कायम राख्ने वा खारेज गर्ने विषयमा नोभेम्बरमा राज्यव्यापी जनमतसङ्ग्रह गर्न आदेश दिएपछि राज्यले सङ्घीय सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
नयाँ नक्साले रिपब्लिकनलाई अमेरिकी प्रतिनिधिसभामा थप एक सिट जित्न सहयोग गर्ने अपेक्षा गरिएको छ । यसबाट आगामी मध्यावधि निर्वाचनमा प्रतिनिधिसभामा रिपब्लिकनको झिनो बहुमत कायम राख्न सहयोग पुग्ने बताइएको छ । नयाँ निर्वाचन क्षेत्रको विरोध गर्ने समूहले जनमतसङ्ग्रहका लागि तीन लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरेपछि विवाद अदालत पुगेको थियो । रिपब्लिकन सेक्रेटरी अफ स्टेट डेनी हस्किन्सले अगस्तमा भएको प्राथमिक निर्वाचनका क्रममा उक्त निवेदन अस्वीकार गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)