नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन : १३ वटा प्यानल छलफल हुने
baahrakhari.com · Wed May 20 16:07:21 GMT 2026

बस्टन (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आयोजना गर्न लागेको यसपटकको नवौँ नेपाली साहित्य सम्मेलन विषयवस्तु, छलफल र सहभागिताका आधारमा भव्य हुने भएको छ । यही मे २२ देखि २५ सम्म अमेरिकाकाे कोलोराडोको डेन्भर सहरमा आयोजना हुन गइरहेको उक्त सम्मेलनमा उद्घाटन र समापन सत्रबाहेक झन्डै १३ वटा प्यानल छलफलहरू दुई छुट्टाछुट्टै हलमा आयोजना गरिने संगठनले सार्वजनिक गरेको कार्यक्रम तालिकामा उल्लेख छ ।
प्रकाशित तालिकाअनुसार प्यानल छलफलको मुख्य दिन आइतबार हल ‘ए’ र हल ‘बी’ गरी एकै समयमा छुट्टाछुट्टै छलफल आयोेजना गरिने भएका छन् । सम्मेलन आयोजनाको सम्पूर्ण तयारी पूरा भइसकेको अनेसासको बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)