विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु
annapurnapost.com · Sat Sep 05 10:47:10 GMT 2026

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्राको ५९औँ संस्करण सुरु भएको छ। शनिबार दिउँसो करिब ३ः३० बजेदेखि राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा सुरु भएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्णको विधिवत् पूजाआजा गरी रथयात्राको शुभारम्भ गरेपछि भक्तजनले रथ तान्न थालेका हुन्। रथयात्रामा विराटनगरसहित नेपालका विभिन्न स्थानबाट आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । भारतका सीमावर्ती क्षेत्रबाट समेत भक्तजन सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)