इप्पानको वरिष्ठ उपाध्यक्षमा लामा र महासचिवमा आचार्य
annapurnapost.com · Sat Jun 13 11:40:30 GMT 2026

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आठौं अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । सहमतिअनुसार इप्पानको वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा र महासचिव पदमा टीएन आचार्य चयन भएका छन्। इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका हुन्।
बिहीबार नै भ्लोनको प्यानलबाट उपमहासचिव पदमा कविता पोखरेल, सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)